एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धारा दुःख व्यक्त

-


     क्लिक गण्डकी     
     पौष २३ गते २०८२ मा प्रकाशित


एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धारा दुःख व्यक्त

एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन, संस्थाद्धारा दुःख व्यक्त

पोखरा, २३ पुस/ नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष शिक्षासेवी रामप्रसाद शर्माको मंगलबार निधन भएको छ । २००२ साल चैत २२ गते जन्मिएका शर्माको मंगलबार नै अत्यष्टी गरिएको छ ।

शर्माको श्रीमती, २ छोरा र ३ छोरी छन् । २०६१ साल देखि २०७० साल सम्म नेसनल प्याब्सन कास्कीको अध्यक्ष पदमा रहेर काम गरेका शर्माको निधन प्रति संस्थाले दुःख व्यक्त गरेको छ ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी र सचिव प्रेमराज अधिकारीले मंगलबार नै एक शोक विज्ञप्ति जारी गरी शर्माको निधनले संस्थालाई अपुरणीय क्षती पु¥याएको जनाएको छ।

‘उहाँको निधनले नेसनल प्याब्सन कास्कीलाई मात्र नभइ समग्र देसलाई नै अपुरणीय क्षति पुगेको र एक होनहार शैक्षिक अभिभावक गुमाएको महसुस भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद क्षणमा ब्रम्ह्लिन आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण सहित बैकुण्ठबासको प्रार्थना गर्दछौँ ।’

साथै विज्ञप्तिमा शोक सन्तब्ध परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गर्नुहुनेछ भन्दै सम्पुर्ण परिवारजन, आफन्तहरूमा गहिरो समवेदना प्रकट गरिएको छ ।

स्व.शर्माले संस्थाको स्थापना, गतिसिलता, समग्र शैक्षिक उन्नयन तथा बृति बिकासमा पु¥याएको योगदान, दुरदर्शिता र समर्पण चिरकालसम्म सधैँ स्मरणीय रहने विज्ञप्तिमा जनाईएको छ ।

स्वं शर्माको सम्झनामा संस्थामा आवद्ध सम्पूर्ण सदस्य विद्यालयहरुमा बुधबार शोक सभा गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । साथै पाँचौ दिनको पुन्यतिथीमा २६ गते स्वं शर्माको निवासमा उपस्थित भई संस्थाले शोक सभा गर्ने भएको छ ।