पोखराको नुबारथोक शान्तिनगरमा धानको बोरा र कपडा चोरी

-


     क्लिक गण्डकी     
     पौष ६ गते २०८२ मा प्रकाशित


चोरी

चोरी

पोखरा, ६ पुस/ पोखरा ७ नुबारथोक शान्तिनगरमा आइतबार बिहान स्कुटरमा आएका दुई जनाले धानको बोरा र कपडा चोरी गरेका छन् । घरको पर्खाल फिड्केर स्कुटरमा आएका अज्ञात व्यक्तिले सुकाएका कपडा, २ बोरा धानका बोरा चोरी गरेका छन् ।

सीसीटीभी फुटेजमा चोरीको घटना स्पष्ट देखिएको छ। पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले सिसिक्यामेराको भिडियोमा संलग्नको स्कुटरको नम्बर र व्यक्तिको पहिचान देखीएको बताएका छन् ।

अध्यक्ष आचार्यले स्थानीयवासीलाई सतर्क रहन तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्तै जानकारी गराउन आग्रह गरेका छन् ।



Tags: