
शव
पोखरा, ४ पुस/ पोखरा महानगरपालिका–३१, बेगनास कोटबारी नजिकै बासपानीमा नातिले हजुरआमाको हत्या भएको छ । आशिष परियारले धारिलो हतियार प्रयोग गरी हजुरआमा डाल कुमारी परियारको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
ढोका लगाइएको अवस्थामा वृद्ध महिलाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आशिष परियारले अत्यधिक लागू पदार्थ सेवन गर्ने र यसअघि पनि पटक–पटक कुटपिट गर्दै आएको पुष्टि प्रहरीले जानकारी दिएको छ । पारिवारिक विवादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
पोखरा महानगरपालिका वडा १० बुद्धचोकमा सुनका गरगहना सहित पक्राउ गरी जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।





