
माधवप्रसाद लम्साल
पोखरा, ८ कात्तिक/ स्याङ्जामा मोटरसाइकल दुर्घटनामा परेर पोखरामा कार्यरत वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।
राष्ट्रिय कृषि परियोजना इकाई कार्यालय पोखराको प्रमुख रहेका ४५ वर्षीय लम्साल मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो ।
उनी स्याङ्जा पुतलीबजार नगरपालिका–१४ लामागे निवासी हुन् । शुक्रबार बिहान साथीहरुसँग सोही ठाउँमा रहेको चण्डी सत्तौ मन्दिर गएका थिए ।
मन्दिरबाट फर्किने क्रममा आमडाँडास्थित लम्साल सवार लु ५१ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित हुँदा सडकभन्दा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
लम्सालका साथीहरुका अनुसार घटना बिहान ११ बजेतिरको हो । ३/४ घण्टा सम्पर्कमा नआएपछि आफन्तले प्रहरीमा सूचना गरेका थिए । प्रहरीले खोजतलासको क्रममा अपराह्न ४ बजे घटनास्थलमा मृत भेटाएका थिए । उनलाई टाउकोमा बढी चोट लागेको थियो ।





