पोखरामा नयाँ पर्यटकीय आकर्षण ‘अम्ब्रेला स्ट्रिट’ भाइरल

-


     क्लिक गण्डकी     
     असाेज २८ गते २०८२ मा प्रकाशित


पोखरामा नयाँ पर्यटकीय आकर्षण ‘अम्ब्रेला स्ट्रिट’ भाइरल

पोखरामा नयाँ पर्यटकीय आकर्षण ‘अम्ब्रेला स्ट्रिट’ भाइरल

पोखरा, २८ असोज/ पर्यटकीय राजधानी पोखरामा सुरु गरिएको ‘अम्ब्रेला स्ट्रिट’ नयाँ आकर्षणको केन्द्र बनेको छ । सडक माथि रंगीबिरंगी छाता झुण्ड्याएर बनाइएको यो रंगीन ठाउँमा अहिले देश–विदेशका पर्यटकहरूका लागि फोटो र भिडियो खिच्ने लोकप्रिय ठाउँ बनेको छ ।

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा सुरु गरिएको ‘अम्ब्रेला स्ट्रिट’ नयाँ पर्यटकीय गन्तव्य बनेको छ । सडक माथि रंगीबिरंगी छाता झुण्ड्याएर बनाइएको यो ठाउँमा अहिले देश–विदेशका पर्यटकहरू फोटो र भिडियो खिच्न पुग्ने गरेका छन् ।

लेकसाइडको हल्लनचोक देखी फेवातालको किनार सम्मको क्षेत्रमा सञ्चालनमा ल्याइएको अम्ब्रेला स्ट्रिटमा आकर्षक रंगका छाता सडकमाथि कलात्मक ढंगले टाँगिएका छन् । यसले सहरको सौन्दर्यमा नयाँ रचनात्मकता थपेको छ भने पर्यटकहरूलाई घुम्ने गन्तव्य बनेको छ ।

पछिल्लो समय देशमा भएको आन्दोलन, बाढीपहिरोका कारण पर्यटकीय नगरी पोखरामा पर्यटकको चहलपहल घटेका बेला पर्यटक आकर्षण गर्ने क्रियाकलापले थोरै भएपनि सकारात्मक आशा पलाएको व्यवसयाीहरु बताउ छन् । सडकमाथि राखिएको रंगीन छाताले थोरै भएपनि पर्यटक चलायमान बनाएको र सकारात्मक सन्देश दिएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराई बताउँछन् ।

सेतो–रातो छायाँ दिने ती छाताहरूले देश–विदेशका पर्यटकहरूको ध्यान तानेको छ । यस्तो प्रयोग विदेशी शहरहरुमा हुने गर्दछ । नेपालमा पनि यस अगाडी विभिन्न शहरहरुमा भएका थिए ।

लेकसाइडको यो नयाँ दृश्यावलोकन स्थल अब पोखराको नयाँ फोटो भिडियो स्पोट बनेको छ । धेरैले यसलाई पोखराको सौन्दर्यमा थपिएको अर्को आकर्षक रंगका रूपमा लिएका छन् । यो ठाउँ अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ ।

https://www.facebook.com/reel/850711837321982