
जेनजी आन्दोलनः डोजर चलाएर प्रहरी कार्यालय जादाँ गोली लागेका घाइतेको थप उचारका काठमाडौं लगियो
पोखरा, २३ असोज/ जेनजी आन्दोलनका क्रममा भदौ २४ गते डोजरमा चढेर जिल्ला प्रहरी कार्यालय कास्की पुग्दा गोली लागेर घाइते भएका लक्ष्मण नेपालीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
२४ गते साँझ डोजरमा चलाएर अरु मानिसहरूलाई बोलाउँदै जिल्ला प्रहरी कार्यालय छिर्न खोज्दा प्रहरीको गोली लागेर ढलेका थिए ।
गाली लागेर उपचार थालिएको महिना दिनसम्म पनि सुधार नभएपछि बिहीबार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
नेपाली गोली लागेर ढलेपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो ।
त्यसको एक महिनापछि पनि उनको स्वास्थ्य अवस्था सुधार नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार काठमाडौं पठाइएको हो ।
नेपालीको घाँटीभन्दा मुनि गोली लागेको थियो । उनको हात, खुट्टा चलेको छैन । मादी गाउँपालिका घर भइ पोखरा–१३ ठेगाना बताउने नेपाली डोजरमा चढेर कार्यालय प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।
२४ गते जेनजी आन्दोलनकारीले हेभी इक्युपमेन्ट कार्यालय पोखराबाट डोजर, रोलर र ट्रिपरहरु निकालेर सडकमा चलाउँदै हिँडेका थिए ।





