जेनजीको नाममा भएको तोडफोड र आगजनी गर्नेलाई कारवाही गर्न माग

-


     क्लिक गण्डकी     
     असाेज २२ गते २०८२ मा प्रकाशित


जेनजीको नाममा भएको तोडफोड र आगजनी गर्नेलाई कारवाही गर्न माग

जेनजीको नाममा भएको तोडफोड र आगजनी गर्नेलाई कारवाही गर्न माग

पोखरा, २२ असोज/ पोखरेली नीजि क्षेत्रले जेनजीको नाममा विध्वंश मच्चाउनेलाई कारवाहीको माग गरेका छन् । भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनको मौका छोपेर विध्वंश मच्चाउनेहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्नेमा उनीहरुले जोडदिए । उनीहरुले उद्योग÷व्यवसायमा पुगेको क्षेतीपूर्ती विध्वंश मच्चाउनेहरुबाटै भराउन पनि माग गरेका छन् ।

पोखरेली नीजि क्षेत्रले जेनजीको नाममा विध्वंश मच्चाउनेलाई कारवाहीको माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनीहरुले कारवाहीको माग गरेका हुन् । २३ र २४ गते जेनजीले गरेको आन्दोलनको मौका छोपेर विध्वंश मच्चाउनेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनीहरुले उद्योग÷व्यवसायमा पुगेको क्षेतीपूर्ती विध्वंश मच्चाउनेहरुबाटै भराउन समेत माग गरेका छन् ।

जेनजीले उठाएको भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताप्रति नीजि क्षेत्रको ऐक्यबद्दता रहे पनि त्यसको नाममा भएको तोडफोड, आगजनी र लुटपाटको विरोध गरेका छन् । सुशासनले नै लगानी प्रोत्साहित गर्ने र रोजगारी सिर्जना गर्ने उनीहरुको भनाई छ । बिना कारण नीजि क्षेत्रमाथि आत्रमण हुनु निन्दनीय भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।

पीडित व्यवसायी होटल सरोवरका सञ्चालक प्रतीक पहारीले विदेश नगई स्वदेशमै केहि गर्न लाग्दा होटल जलाएर पीडामा पारेको बताए । जेनजीका नाममा होटल जलाउनेले व्यवसाय गर्ने सोंच नै जलाईदिएको उनको भनाई थियो । सम्पती जलाए पनि परिवार र स्टाफ नजलेकाले अझै पनि उठ्ने हुटहुटी रहेको होटल सरोबरका सञ्चालक प्रतिक पहारीले बताए ।

व्यवसायीले जेनजीको नाममा उद्योगी÷व्यवसायीमाथि अपराध भएको टिप्पणी गरे । जेनजी अगुवाले तोडफोड र आगजनीको जिम्मा नलिने भनिसकेकाले त्यसमा संलग्नलाई कारवाही हुनुपर्ने उनीहरुको भनाई छ । होटलमा दनदनी आगो बल्दा टुलटुलती हेर्न बाध्य भएको र त्यसले मन भने भतभती पोलिरहेको व्यवसायीको भनाई छ । यसले गर्दा पर्यटन व्यवसायमा नकारात्मक असर परेको पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष हरी भुजेलले बताए ।

तोडफोड र आगजनीले अन्र्तराष्ट्रिय रुपमा नकारात्मक सन्देश जाँदा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको उनीहरु बताउ छन् । रकारले प्रत्यक्ष प्रभावितलाई मात्र नभई पर्यटन सम्बद्द सबैलाई राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । जेनजी आन्दोलका बेला पोखरामा नीजि क्षेत्रका ४० बढि संरचनामा तोडफोड र आगजनी भएको थियो ।

त्यसबाट ५ अर्व भन्दा बढि क्षति भएको व्यवसायीको भनाई छ । पोखराको निजी क्षेत्रले वर्तमान सरकारबाट दण्डहीनताको अन्त्य र दोषीमाथि कारवाही,फागुन २१ मा घोषित चुनावको सुनिश्चिता,व्यावसायिक वातावरण निर्माण र सुरक्षा एवं निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश प्रवाह हुनुपर्ने निश्कर्ष निकालेको छ ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले अपराधमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आन्दोलनको नाममा व्यक्तिको अधिकारमाथि धावा बोल्न नमिल्ने उनको भनाइ थियो ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रमाथि सुनियोजित तरिकाले आक्रमण हुँदा पनि निरीह बन्नु परेकोमा दुःख व्यक्त गर्दै अपराधीमाथि कारवाहीको माग गरे ।

अगुवा महिला उद्यमी तथा कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष सीता गुरुङले जेनजी आन्दोलनमा भएको क्षतिले व्यवसाय धरासायी भएको बताउँदै राहत र पुनस्र्थापनाका कार्य छिटो हुनुपर्नेमा जोड दिइन् ।