
पोखराको मणिपाल अस्पतालमा नर्सको आन्दोलन, ७ दिनभित्र तलब बढाउने सहमति
पोखरा, २० असोज/ पोखराको मणिपाल शिक्षण अस्पताल नेपालका नर्सले तलब वृद्धि लगायतका माग राखेर सुरु गरेको आन्दोलन सहमती पछि स्थगित भएको छ ।
आइतबार नर्सहरूले तलब वृद्धि लगायतका माग राखेर अस्पताल परिसरमा धर्ना दिदै नाराबाजी गरेका थिए । काममा ‘ओभरलोड’ भएको र काम अनुसारको पारिश्रम नपाएको भन्दै आन्दोलित उनीहरू सोमबारबाट पुनः नियमित काममा फर्किएका छन् ।
आइतबार राति भएको वार्तामा ७ दिनभित्र तलब समायोजन गर्ने सहमति भएको र सोमबारबाट नियमित काममा फर्किएका अस्पताल प्रशासनका तर्फबाट वार्तामा सहभागी कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
अस्पताल प्रशासनले भने तलब वृद्धिको चरणमै रहेका बेला आन्दोलन भएको बताएको छ । करिब ३ सय नर्सहरूले उचित सेवा, सुविधा पाउन नसकेको नर्सहरूको गुनासो थियो । १ मणिपालमा १२ सयभन्दा बढी डाक्टर, नर्स र कर्मचारीहरू कार्यरत छन् ।





