बर्षा र हिमात हुन सक्ने भन्दै सचेत रहन कास्की प्रशासनको अनुरोध

-


     क्लिक गण्डकी     
     असाेज १७ गते २०८२ मा प्रकाशित


जिल्ला प्रशासन कार्यालय कास्की

पोखरा, १७ असोज/ जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार देखी सोमबारसम्म उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताउदै सत्रर्क हुन आवाहान गरेको छ ।

मौषम विज्ञानले भारी वर्षा हुने प्रक्षेपण गर्दै प्रशासनले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण बेस क्याम्प, मर्दी बेसक्याम्प लगायतका क्षेत्रको पदयात्रामा जादाँ सचेत हुन आग्रह गरेको छ ।

कास्की प्रशासन कार्यालयले पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय तथा कार्यालयलाई अनुरोध गरेको छ ।

कास्की प्रशासन कार्यालयले सम्भावित वर्षाका कारण बाढीपहिरा, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन सार्वजनिक सूचना जारी गरेको हो ।

यसैगरी आगामी सोमबारसम्म राजमार्ग तथा ग्रामीण सडकमा संयमतापूर्वक सवारीसाधन सञ्चालन गर्न र क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायी एवं सवारी चालकको समेत कास्की प्रशासनले ध्यानाकर्षण गरेको छ ।

वीरेठाँटीदेखि घान्द्रुक तथा उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ–सिक्लेस जाने सवारीसाधन शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि दिउँसो चार बजेभित्र छुटिसक्ने व्यवस्था मिलाइएको छ ।

सोही मार्गबाट फर्कने सवारीसाधनलाई शनिबार बिहान ५ बजेपछि मात्र छुट्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।