

गंगाधर तिमिल्सिना
पोखरा महानगरपालिका २३ ठूलाखेत
“श्रेयोसि बहु विघ्नानि” मनुस्मृति
“संसरति इति संसार”
संसारको राम्रो सँग सार्दै विकास गर्दै जाँदा समय समयमा अकस्मात गुरुत्वाकर्षण पैदा हुन्छ । अनि धन, जन, भुमिको क्षति हुन जान्छ ।
हामी त्रेतायुगबाट पुराण पढ्दै आज सम्म आउदा तत्कालीन ब्रह्मले सृष्टि सुरु गर्दा हिरण्याक्षले अवरुद्ध पारेपछि विष्णु भगवानले बराह अवतार लिइ पृथ्वीको उद्धार गरी सृष्टि संचालन भएको हिरण्यकश्यपुले अति अत्याचार र दमन गरेपछि विष्णु भगवानले नृसिंह अवतार लिई हिरण्यकश्यपुलाई मारी सुखि शान्तिको जन जीवन बताएका थिए ।
यसोदाले बालकृष्ण चन्द्रको प्रभुको महत्व नबुझि उम्लेको दुध तिर ध्यान दिदा ठुलो पिपा (ठुलो ठेको) फालेको सन्दर्भहरु श्रीमद् भावगतले बताउँछ ।
यसरी दही नुहाउने घ्यूको नाश हुदाँ पनि बालक कृष्णलाई बालकको भविष्यको विचार गरी एक लपेटो पनि लाउन सकेनन् । सामान्य मुषलमा बन्धन मात्र गरिन्, पीट्ने र मार्नेत कुरै आएन ।
हिरण्यकश्चपले व्रह्मसृष्टि अवरुद्ध गरे जस्तै हिरण्यकश्चयपुले अत्याचार पक्षपात गरे जस्तै यशोदाले बालकको भविष्य नबुझे पनि यशोदाले बालकृष्णलाई एक लपेटा पनि लगाइनन् । अनुसाशनका लागि र साबन्धन मात्र गरिन् । यस्ता उदाहरणहरु प्राचीन ऐतिहासिक पुराण एवं मनुस्मृतिहरुले बताउछन् ।
नेपालका नै प्राकृतिक सौन्दर्यले भरिएको पोखरामा २००६ साल चैत्र शुल्क पक्ष नवमी तिथिमा विन्ध्यवासिनी मन्दिरमा व्याकरण ज्योतिष, पौराणिक, वेदान्ति समेतका विद्वान व्यक्तित्वहरुले देवी भागवत महापुराणमा तील जौ घ्यू द्वारा प्रज्वलि अग्निमा हवन गराउनु भएको थियो । अन्तमा विन्ध्यवासिनी मन्दिरमा पशुवती पनि भएछ । तत्कालै चैते हुरी सेती नदिबाट आएछ ।
त्यो हेर्नको अग्निज्वाला खरले छाएका घर छानामा पर्न गएछ । खरले छाएको जोडिएका घर क्रमशः आगो सर्दै जादा नारन थान, नदीपुर सम्म २१६ घर अग्निले सखाव बनायो । तर झिंगटीले छाएका ४ फौदारका र एक राणजीको घर बाँकी रहेन्छन् ।
त्यसपछि निर्माण हुने घर प्राय ढुंगा र टीनका छाना भएका बन्न थाले । विनाश भयो तर विकास पनि भयो यो पोखराको तत्कालीन अवस्था हो ।
हाल २०८२ भाद्र २३ र २४ गते प्रमुख नेतृत्वको जिम्मा लिने व्यक्तित्वहरुले कान्चन र कान्चनीको लालसमा डुवी अकमन्यता गरेबाट नेपालको समस्त क्षेत्रमा जन, धन उपकरण र लेखहरु समेत तोड फोड र आगजनीद्वारा नाश भयो ।
यो वस्था सबै सबैमा प्रत्यक्ष छ । तर फरक के छ भने २००६ सालमा हावाकारण भएको थियो । सुरक्षा गर्ने साधनहरु थिएनन् । हाल मानव कारण भएको पाइन्छ । सुरक्षा गर्ने साधन हुँदा हुँदा पनि सुरक्षाकर्मीहरुले सुरक्षा नगर्नु ताजुवाको कारण भएको छ ।
अकमन्यता बालहत्या गर्ने प्रमुख व्यक्तित्वालाई दण्डनिय व्यवहार गर्नु स्वभाविक भए पनि सरकारी कार्यालयहरुको संरक्षण गर्नु पर्ने विषय विचारणीय थियो ।
कास्की पोखराका वृद्ध वृद्धाहरु भन्दछन् । १९९० को भुकम्प २००६ सालको पोखराको अग्निकाण्ड २००७ को जनक्रान्ति २०१७ को परिस्थिति माववादीको जनक्रान्ति गम्भीर अवस्था २०७२ को भूकम्पको क्षति भन्दा हालको आन्दोलन सारै ठुलो विनाशकारी भएको जन गुनासो पाइन्छ ।
अब सबै देशबासीहरु एक जुटमै उच्च विचार राखी गम्भीरता पुर्वक एक सर्वपक्षिय हित हुने नीति नियम बनाइ संलग्नताका साथ वैज्ञानिक, सामाजिक, औद्योगिक, आर्थिक र शैक्षिक नैतिक समेत हुने श्रम गर्ने हो भने केही वर्षमा नै सन्दर सुखी शान्त नेपाल बनाउन सकिन्छ । यसतिर सबैको ध्यान जान एैलेको आवश्यकता छ ।
यदि यस्तो एकजुट हुने हो भने २००६ सालको पोखरा खरको छानावाट ढुंगा र टीनका छाना भए जस्तै संवृद्धि र विकशित नेपाल बन्नेछ । २००६ सालमा २ सय ६ घर जलेका थिए भने अहिले सरकारी कार्यालयहरु धेरै तोड्फोड र आगजनी भएको छ । धेरै सवारी साधन जलेका छन् भने नीजि क्षेत्रमा पनि ठुलो क्षती भएको छ ।
यस्तो अवस्थामा अग्निशान्ति गर्नु पर्ने अनिवार्य कुरा वैदिक शास्त्रमा पाइन्छ । अन्यथा अशान्तिको चुरोरही रहन्छ । कार्यालय प्रमुखहरुको विचारणीय कुरा हो । कुनै देश बनाउन त्यसमा नेतृत्व गर्न व्यक्तिको आवश्यकता हुन्छ । अहिलेको अवस्थामा पनि देशलाई एक बनाएर लैजाने नेतृत्वको आवश्यकता देखीन्छ ।
श्रोत
विश्व शाक्यको लेख
पोखरा ७ बस्ने टीकवहादुर क्षत्री ९७ वर्षको भनाई
तुलसी बराल ८७ वर्षको भनाइ
भीम प्रसाद बराल ८७ वर्षको भनाइ





