पोखरा–आँबुखैरेनी सडक मुग्लिन सम्मै बिस्तार हुने, तोक्यो सडक सीमा

-


     क्लिक गण्डकी     
     असाेज १२ गते २०८२ मा प्रकाशित


पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको पनि कालोपत्र शुरु

पोखरा–मुग्लिन सडकः

पोखरा, १२ असोज/ पोखराबाट आँबुखैरेनी सम्म बिस्तार भएको सडक अब मुग्लिनसम्मै बिस्तार गर्ने बाटो सरकारले खुलाएको छ ।

सरकारले सडकको ‘राइट अफ वे’ निर्धारण गरे सगँ सडकलाई मुग्लिन पुलसम्मै बिस्तारको बाटो खुलेको हो । यसअघि सडकको ‘राइट अफ वे’ निर्धारण नहुँदा आँबुखैरेनीबाट पश्चिमतर्फमा बाटो बिस्तार भएको छ ।

आँबुखैरेनी–मुग्लिन पुल सडकखण्डको बिचमा सडक किनारमै मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस भएकाले आँबुखैरेनीबाट मुग्लिनतर्फको सडक बिस्तार हुन सकेको छैन ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस छल्ने गरी सडक सीमा निर्धारण गरेको सरकार प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनार (गोरखातर्फ) देखि मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत् गृहको पारिपट्टी गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

सडकको केन्द्र रेखाबाट दायाँ–वायाँ १५–१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा बिस्तार भएको पोखरा–आँबुखैरेनी सडक अब मुग्लिनसम्मै बिस्तार हुने छ ।