प्रधानन्यायाधीस हुदाँ महाअभियोग लगाउदा जसले पोखरामा विरोध गर्यो

-


     क्लिक गण्डकी     
     भाद्र २८ गते २०८२ मा प्रकाशित


प्रधानन्यायाधीस हुदाँ महाअभियोग लगाउदा जसले पोखरामा विरोध गर्यो

प्रधानन्यायाधीस हुदाँ महाअभियोग लगाउदा जसले पोखरामा विरोध गर्यो

देबेन्द्र सुबेदी/ स्मरण छ – जब सुशीला कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनुहुन्थ्यो । त्यतिबेला अन्यायपूर्ण महाअभियोग मार्फत न्याय प्रणालीलाई कमजोर बनाउन खोजियो।

त्यो कठिन समयमा हामी सडकमा उत्रेर न्याय र सत्यको पक्षमा आवाज उठायौं। त्यो आन्दोलन केवल तपाईंलाई जोगाउन मात्र होइन, सम्पूर्ण न्याय र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न थियो।

आजको दिनमा फेरि एक ऐतिहासिक क्षण आएको छ। सुशीला कार्की नेपालको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई। यो केवल व्यक्तिगत सफलता होइन, सम्पूर्ण देशका लागि गर्वको क्षण हो।

तर हामीले बुझ्नुपर्छ – आजको समय अझै चुनौतीपूर्ण छ। जेनजी पुस्ता सडकमा उभिएको छ, आफ्नो भविष्यका लागि न्याय र अवसर खोज्दैछ। सामाजिक, आर्थिक र राजनीतिक असमानता अन्त्य गर्ने आवाज अझै शक्तिशाली रूपमा उठिरहेको छ। तपाईंको नेतृत्वले यी आवाजलाई सम्बोधन गर्दै, न्यायपूर्ण समाधान निकाल्न सक्ने आशा गर्दछौं।

हामी अघिल्ला आन्दोलनमा जस्तै आज पनि न्याय, पारदर्शिता र सुशासनको पक्षमा तपाईंलाई समर्थन गर्नेछौं। चुनौती धेरै छन्, तर सत्य र इमानदारीसँगै अघि बढे दृढ भोलिको नेपाल निर्माण सम्भव छ।

तपाईंको कार्यकाल सुरक्षित, सफल र दीर्घकालीन योगदानले भरिपूर्ण रहोस् भन्ने शुभकामना। देशले फेरि इतिहास बनाउन सक्ने अवसर यही हो। दैत्यलाई दुर्गा गरिबलाई लक्ष्मी र विद्यार्थीलाई सरस्वती बन्नुहोस्। यही छ मेरो र हामी नेपालीको शुभकामना।