
जिल्ला प्रशासन कार्यालय कास्की
पोखरा, २७ भदौ/ पोखरामा निषेधाज्ञा र कफ्र्यु कायमै राखिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा र कफ्र्यु आदेशलाई कायमै राखेको जानकारी दिएको हो ।
शुक्रबार बेलुका ७ बजे देखी शनिबार बिहान ५ सम्म कफ्र्यु कायमै रहेको बताएको छ । त्यस्तै शनिबार बिहान ५ बजेदेखी बिहान १० बजे सम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ ।
जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार काठमाडौँ, पोखरा लगायत देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि मुलुकमा शान्ति, सुव्यवस्था कायम गर्न सेनाले निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको छ ।





