निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिने निर्णय

-


     क्लिक गण्डकी     
     भाद्र २४ गते २०८२ मा प्रकाशित


निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिने निर्णय

निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिने निर्णय

पोखरा, २४ भदौ/ जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा मंगलबार र बुधबार शोक बिदा दिइने भएको छ ।

निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।

विज्ञप्तिमा देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ ।

विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ ।’

उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस्तो दुःखद बिषयमा निर्णय लिनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।