
पोखरामा पनि अनिश्चितकालीन कफ्र्यू, काठमाडौंमा जेनजीको प्रदर्शनमा पाँच जनाको मृत्यु
पोखरा, २३ भदौ/ जेन जीको आन्दोलन भड्किए पछि पोखरामा पनि निशेधाज्ञाआदेश जारी गरेको छ । आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडको प्रयास गरेका थिए ।
सोक्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहरा र गोली प्रहार गरेको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद, राष्ट्रबैंक चोक, मुख्यमन्त्रीको कार्यालय आसपासको क्षेत्रमा कफ्र्यू आदेश जारी गरेकी छन् ।
त्यसै गरी काठमाडौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा पाँच जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल पु¥याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी भएको छ ।





