
जानुका पराजुली अधिकारी
पोखरा, २३ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व विजयी भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको इतिहासमा जानुका पराजुली अधिकारीले अन्य अग्रजहरु र समकालीनहरुलाई पाखा लगाउंदै संघको नेतृत्व गर्ने अवसर पाएकी छन् । जानुकाको प्यानलेले कार्यसमितिको सबै सदस्यहरुमा ‘क्लिन स्विप’ गरेको छ ।
जानुकाले राजेन्द्र ओझालाई १ सय ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्बाचित भइन् । यस अगाडी जानुका संघको महासचिबको जिम्मेवारीमा थिईन भने राजेन्द्र संघको बरिष्ठ उपाध्यक्ष थिए । जानुकाले ९ सय ९६ मत प्राप्त गर्दा राजेन्द्रले ८ सय ३३ मत मात्र प्राप्त गरे ।
संघको बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोलाले ९ सय ६६ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्दी उपेन्द्रराज सुबेदी राजुले ८ सय ५३ मतमा प्राप्त गरे । यसैगरी नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्यले १ हजार १ सय ५० मत पाएर बिजयी बन्दा उनकी प्रतिद्वन्दी मेनुका श्रेष्ठले ६ सय ७४ मत मात्र प्राप्त गरिन् ।
अघिल्लो निर्बाचनमा उनै श्रेष्ठलाई ६ मतले पराजित गरेर द्वितीय उपाध्यक्ष निर्बाचित भएका कर्माचार्य यस पटक पनि उनैसंग प्रतिष्पर्धा गरेका थिए । तर यसपटक भने ४ सय ७६ मतको फराकिलो अन्तरले कर्माचार्य प्रथम उपाध्यक्ष बिजयी भएका छन् ।
संघको द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई आइडीले ६ सय १५ मतको फराकिलो अन्तरले विजयी भए । जानुका प्यानलका ध्रुबले १ हजार २ सय १८ मत पाउँदा धिरज कुमार श्रेष्ठले ६ सय ३ मत मात्र प्राप्त गरे ।
संघको महासचिबमा भरतराज ओझाले ९ सय ५५ मत पाएर बिजयी बन्दा उनका प्रतिद्वन्दी जिबन तिवारीले ८ सय ७६ मत प्राप्त गरेका थिए ।
उपमहसचिबमा गङ्गाकुमारी मल्लले १ हजार ६६ मत पाएर निर्बाचित भईन । उनका प्रतिद्वन्दी लक्ष्मी प्रसाद ढुंगानाले ७ सय ६६ मत मात्र प्राप्त गरे ।
कोषाध्यक्षमा हरी बस्ताकोटी १ हजार २७ मत पाउँदा प्रतिद्वन्दी टिकाराम सापकोटाले बस्ताकोटीको भन्दा २ सय ४९ मत कम अर्थात ७ सय ७८ मत मात्र प्राप्त गरे ।
एसोसिएट सदस्यमा दयाराज भण्डारी बिजयी भए । उनले २७ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी प्रवेश बन्जराले २१ मत प्राप्त गरे ।
कार्यसमितिको खुला सदस्यहरुमा पनि जानुका प्यानलका उमेदवारहरु नै विजयी भएका छन् । कार्यसमितिको सदस्यमा १६ जनाले उमेदवारी दिएकोमा ८ जना निर्बाचित भए ।
सदस्यमा सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुन (भविन) ले १ हजार ३६, बिरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत पाएर निर्बाचित भए ।
त्यसै गरी दिपक अधिकारीले ९ सय ६०, प्रभा कुमारी पौडेल लामिछानेले ९ सय ४४ मत पाएर निर्बाचित भए । कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी दुबैले ८ सय ८३ र प्राप्त गरेर कार्यसमितिको खुला सदस्यमा बिजयी बनेका छन् । यसैगरी कार्यसमितिको दुईजना महिला सदस्य शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत एबम गङ्गा सापकोटा परियारले ९ सय १० मत पाएर बिजयी भएका छन् ।
राजेन्द्र प्यानलका सदस्यहरुले भीमप्रसाद सुवेदी (सन्तोष) ले ५ सय ११, घनश्याम ढुंगानाले ६ सय ८८, किशोर अधिकारीले ७ सय १५, कृष्णप्रसाद सुवेदीले ८ सय ५७, नवराज पौडेलले ८ सय ७८, सन्तोष हमालले ५ सय, सुरेन्द्र गुरुङले ७ सय ११ र शिबराज अधिकारीले ६ सय २७ मत प्राप्त गरे । यसैगरी महिला सदस्यका उमेद्वारहरु सपना सुबेदीले ९ सय ७ र लक्ष्मी ठाकुर सुनारले ३ सय ६६ मत प्राप्त गरे ।






