काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

-


     क्लिक गण्डकी     
     भाद्र २२ गते २०८२ मा प्रकाशित


काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

पोखरा, २२ भदौ/ काठमाडौंका रोमन महर्जन पोखरामा आयोजित सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ च्याम्पियन बन्नुभएको छ । ओभरअल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद १ लाख रुपैयाँ प्राप्त गर्नुभयो । उहाँले आफनो ८० केजी तौल समूहमा समेत प्रथम हुदैं नगद ५० हजार जित्न सफल हुनुभएको थियो ।

कास्की जिल्ला आर्म रेष्लिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिदार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदिप तामाङ तेस्रो भए । उहाँले क्रमश ५०, २५ र १० हजार नग प्राप्त गर्नुभएको थियो ।

७० केजी मुनिको तौल प्रतिस्पर्धाामा तरुण विक प्रथम हुनुभएको छ । धरानका आर्म रेष्लर ग्रेसविन प्रधान दोस्रो र काठमाडौंका एड्रिम राई तेस्रोस्थान प्राप्त गर्नुभयो । ८० केजी मुनिको तौल प्रतिस्पर्धामा काठमाडौंका रोमन महर्जन, काठमाडौंकै समिक प्रधान र बुुटवलका आर्यन विकले क्रमश प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

८० केजी माथिको तौल समूहको प्रतिस्पर्धामा झापाका सौरभ प्रधानले प्रथमस्थान प्राप्त गर्नुभयो । विराटनगरका राहुल यादव र झापाकै दिपेश मैनालीले तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभयो । आर्म रेष्लिङ संघ कास्कीको आयोजनामा पहिलो पटक भएको यो प्रतियोगितामा देशभरका झण्डै २ सय आर्म रेष्लरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

कुनै बेला पन्जा लडाई भनेर खेलिने यो खेल अहिले व्यवसायिक बन्दै गएको छ । विदेशमा निकै प्रख्यात छ । युवा पुस्तामा आर्म रेष्लिङ खेल प्रति अभिरुची बढ्दै गएको छ यद्यपी पोखरामा भने पहिलो पटक आयोजनाको अन्तिम तयारीमा संघ जुटेको छ । संघ नै गठन गरेर सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले युवा पुस्तालाई नयाँ खेलप्रति उत्साहित र जागरुक बनाएको संघका अध्यक्ष नविन गुरुङले बताउनुभयो । प्रत्येक तौल समूहको विजेताले नगद ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
संघका अध्यक्षा गुरुङले प्रतियोगिता सहभागि खेलाडीले एक पटक हारेपनि अर्को अवसर प्राप्त गर्ने छ । दोस्रो पटक पनि हारेमा स्वतह प्रतियोगिताबाट बाहिरिने नियम थियो । एकपटक हारेको खेलाडीले दोस्रो अवसरमा जित्दै फाईनल पुग्न सक्छ ।

एकपटक हारेर फाईनल पुगेको खेलाडीले अर्को प्रतिस्पर्धीलाई फाईनलमा दुईपटक हराउनुपर्ने नियम संघले राखेको थियो । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्नुभएको थियो भने पुरस्कार वितरण गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य एवं संघका सल्लाहकार भेनिस थापाले गर्नुभएको थियो ।



Tags: