
भूकम्प
पोखरा, १८ भदौ/ सिन्धुपाल्चोकमा मंगलबार मध्यराति र गोरखामा मंगलबार भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार नै दोलखा र गोरखामा पनि भूकम्प गएको थियो ।
दोलखाको लापिलाङ केन्द्रविन्दु भएर दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने गोरखामा मंगलबार बिहान ६ बजेर १५ मिनेटमा गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियोे ।





