पोखराको आर्बामा बस दुर्घटना

-


     क्लिक गण्डकी     
     भाद्र ९ गते २०८२ मा प्रकाशित


पोखराको आर्बामा बस दुर्घटना

पोखराको आर्बामा बस दुर्घटना

पोखरा, ९ भदौ/ पोखरा महानगरपालिका– १३ आर्बामा बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–१३ आर्बाबाट महेन्द्रपुलतर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस ब्रेक फ्रेल भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेहरुलाई पोखरा–१३ वडाध्यक्ष किरण बरालले तत्कालै आफ्नै गाडी र २ वटा एम्बुलेन्स ब्यवस्था गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएका थिए ।

सामान्य घाइते १२ जनाको प्राथमिक उपचारपछि डिस्चार्ज भइरहेका छन् भने १० जनाको उपचार भइरहेको छ ।
बस अनियन्त्रित भएर दुर्घटना भएको र ४ जनाको अवस्था मध्यम रहेको कास्की प्रहरीले जनाएको छ ।



Tags: