गफ र भाषणले युवा पलायन रोकिदैनः पुर्व मन्त्री गुरुङ

-


     क्लिक गण्डकी     
     भाद्र ६ गते २०८२ मा प्रकाशित


गफ र भाषणले युवा पलायन रोकिदैनः पुर्व मन्त्री गुरुङ

गफ र भाषणले युवा पलायन रोकिदैनः पुर्व मन्त्री गुरुङ

स्याङ्जा, ६ भदौ/ नेपाल सरकारका पुर्व मन्त्री, नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङले गफ र भाषणले मात्रै युवा पलायन नरोकिने बताउनु भएको छ ।

शुक्रबार श्री कालिका पुस्तकालयको आयोजनामा भिरकोट नगरपालिका ७ मा आयोजना भएको जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता एवम् दर खाने कार्यक्रममा बोल्दै उहाँले देशमा विकास नहुदा युवा विदेश पलायन हुनुपरेको प्रसङ्ग जोड्दै नेताको भाषण मात्रै युवा पलायन नरोकिने ठोकुवा गर्नुभयो ।

देश समृद्धि बनाउन एक नेताले अर्को नेतालाई गाली गरेर मात्र नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो ूहामी माइक पाउन साथ एक नेताले अर्को नेतालाई गाली गर्ने प्रवृत्ति बढेको छ । यसले गर्दा देश विकासमा पनि अबरोध गरेको छ ।ू

देशलाई समृद्धि बनाउन सके मात्रै युवा पलायन रोकिने भन्दै देशले जडिबुटी, पर्यटन, कृषि क्षेत्र लगायतमा जोड दिन सके मात्र युवा पलायन रोकिने उहाँको धारणा थियो । उहाँले भन्नुभयो ूबुबा, आमा, भर्खर बिहेगरेकी श्रीमती छोडेर रुदै विदेशीने रहर कसैलाई हुँदैन, युवालाई भाषण भन्दा पनि रोजगारीको खाचो छ ।ू

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले सिद्धार्थ राजमार्गको स्तरउन्नति गर्ने तयारीको काम अन्तिम अन्तिम चरणमा पुगेको बताउनुभएको हो । उहाँले भन्नुभयो ूसिद्धार्थ राजमार्ग डेडिकेटेट डबल लेनमा स्तर उन्नति गर्ने प्रक्रिया छिट्टै सुरु हुन्छ । यसको काम द्रुत गतिमा अगाडि बढेको छ।ू

स्याङ्जाका ग्रामीण भेगमा रहेका जोखिमयुक्त सडकलाई जोखिममुक्त बनाउने अभियान निरन्तर चलिरहेको बताउदै उहाँले विकास एउटा ब्यक्तिले मात्रै गर्न नसक्ने बताउनुभयो । ूसबै राजनैतिक दल,नेता,नागरिक,सरकार सबै मिलेर देशको विकास गर्ने हो,त्यसैले विकास यो नेताले उ नेताले गरेको हुँदैन ू उहाँको भनाइ थियो ।