
लेखनाथ उद्योग वाणिज्य संघ
पोखरा, ९ साउन/ लेखनाथका उद्योग बाणिज्य संघमा भाडभैलो मच्चिएको छ । संघको अधिबेशन तथा साधारण सभा नजिकिदै गर्दा भाडभैलो मच्चिएको हो ।
साउन ४ गते आइतबार संघमा बसेको सल्लाहकार सहितको कार्यसमितिको बैठकमा बिबाद छताछुल्ल हुन पुगेको थियो ।
आउदो अधिबेशनको मिति तोक्ने र म्याद थप्ने बिषयमा बिबाद भएको थियो ।
अध्यक्ष बिनोद श्रेष्ठ म्याद थप्ने मनस्थितिमा रहेकाले मिति तोक्ने पक्षमा थिएनन् भने संघका अधिकास पदाधिकारी र सदस्यहरु भदौ २० र २१ गते अधिबेशन गर्ने पक्षमा थिए ।
बैठकले भदौ मै अधिबेसन गर्ने बहुमत भएपछि माइनुटमा निर्णय लेख्न सहमत भएपनि अध्यक्ष श्रेष्ठले असहमति जनाइ माइनुट खोस्न बल प्रयोग गरेपछि बैठक तनावमा परिणत भएको सहभागिहरुले बताएका छन् ।
२५ सदस्यीय कार्यसमिति रहेको संघमा अध्यक्ष बिनोद श्रेष्ठ बाहेक सबैले भाद्र २० र २१ गते अधिबेशन गर्ने बिषयमा पुर्ण सहमति जनाइ निर्णय पुस्तिकामा उल्लेखित निर्णय हस्ताक्षर गरि प्रमणित गरिसकेका छन् ।
अध्यक्षको कार्यशैली अशिस्ट र अमर्यादित भएको भन्दै कास्की प्रहरिमा उजुरी परेको छ । संघमा अराजकता बढ्न जादा असुरक्षा महशुस भइ काम गर्न बाधा पर्न गएको लगायतको बिषयमा उजुरी परेको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले बताए ।





