बिग मार्टबाट गुणस्तरहिन चामल विक्रि, कारबाही प्रक्रिया सुरु

-


     क्लिक गण्डकी     
     श्रावण ९ गते २०८२ मा प्रकाशित


बिग मार्टबाट गुणस्तरहिन चामल विक्रि, कारबाही प्रक्रिया सुरु

बिग मार्टबाट गुणस्तरहिन चामल विक्रि, कारबाही प्रक्रिया सुरु

पोखरा, ८ साउन/ खाद्यन्न तथा घरायसी समान बिक्री गर्दै आएको बिग मार्टले गुणस्तर हिन चामल विक्रि गरेको पाएको छ । भारतबाट पुरानो सडेगलेको चामल आयात गरि नेपालको काठमाडौंमा रिप्याकिङ गरि मेगा मार्ट उर्फ बिग मार्ट नामका पसलहरुमा राखी विक्रि गर्दै आएको पाएको छ ।

पोखरा ११ फुलबारीमा रहेको बिग मार्टबाट खरिद गरिएको आशियाना नामको बासमती चामल सडेगलेको अबस्थामा फेला परेपछी पिडित उपभोक्ताले जिल्ला प्रशासन कार्यालय कास्की र खाध्य तथा गुण नियन्त्रण कार्यालय पोखरामा आवश्यक छानबिन र कारबाहीको लागि उजुरी दिएका थिए ।

त्यस पछि नमुना सङ्कलन गरि खाध्य प्रयोगशालामा जाँच गरिएको थियो । जाँच गर्दा उक्त ब्रान्डको चामल गुणस्तर हिन रहेको नतिजा आएको थियो । अब कानुनी कारबाही प्रक्रियामा अगाडि बढाउने बताएको छ ।

चामल जिआरएम फुड्स प्रा लि हरियाना भारतबाट नेपाल आयात गरिएको र काठमाडौको रानीसति इन्टर्नेस्नल कुलेस्वरले मेगा मार्ट ( बिग मार्ट) स्टोर्सलाई सप्लाइ गर्ने गरेको पाइएको छ । जि आर एम/१७०५ ब्याच न उल्लेखित चामल २ महिना अगाडि मात्र प्याक गरिएको प्रिन्ट गरिएको छ ।

प्रयोगशाला परिक्षणबाट कैफियत फेला परेपछी खाध्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम छानबिन अगाडि बढाइएको बताइएको छ । उक्त ऐनको दफा १६ मा न्यून गुणस्तरको खाध्य पद्दार्थ बिक्री गर्न नहुने उल्लेख छ ।

त्यस्तो कार्य गरेमा सोही ऐनको दफा ४० ले कसुर गरेको मानिने र न्यून गुणस्तरको खाध्य पदार्थ उत्पादन, ओसार पसार, सञ्चय, बिक्रीवितरण गर्ने उत्पादक, फर्म वा ब्यापारीलाई सोही ऐनको सजाय खन्डको दफा ४२( घ ) अनुसार ६ महिना कैद , ३ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुने कानुनी ब्यबस्था रहेको छ । त्यसै गरी पिडित पक्षलाइ क्षतिपूर्ति भराइ दिने सम्बन्धि ब्यबस्था पनि कानुनले गरेको छ ।



Tags: