
होटल बाराहीको रक्तदानमा ५६ रक्तदाताले रक्तदान गरे
पोखरा, ३ साउन/ होटल बाराही पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।
सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको अग्रणी आतिथ्य ब्रान्डहरू मध्ये होटल बाराहीे रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रममा होटल बाराहीका कर्मचारीहरू, प्रबन्धकहरू, सशस्त्र प्रहरी बलका कर्मचारीहरू, ट्राभल एजेन्टहरू र स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता जनाएका थिए ।
रक्तदान गर्दै मानवता र जीवन बचाउने सेवाको प्रेरणादायी बन्न पाएकोमा उत्साहीत भएा थिए । सामाजिक कार्यप्रति प्रतिबद्धता जनाउदै रक्तदान कार्यक्रमलाई होटल बाराहीले अघिल्लो वर्षमा पनि आयोजना गर्ने बताएको छ ।





