केरुङमा बाढीले विगारेपछि विकल्पमा कोरला नाका खोल्न मुख्यमन्त्रीलाई व्यवसायीको सुझाव

-


     क्लिक गण्डकी     
     श्रावण ३ गते २०८२ मा प्रकाशित


केरुङमा बाढीले विगारेपछि विकल्पमा कोरला नाका खोल्न मुख्यमन्त्रीलाई व्यवसायीको सुझाव

केरुङमा बाढीले विगारेपछि विकल्पमा कोरला नाका खोल्न मुख्यमन्त्रीलाई व्यवसायीको सुझाव

पोखरा, २ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पोखराका पर्यटन व्यवसायीहरूले मुस्ताङको कोरला नाका खोल्न पहल गर्न सुझाब दिएका छन् । हाल केरुङ नाका बाढीका कारण बन्द छ ।

यो बेलामा कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्ण रूपमा खुलाउने विषयलाई प्राथमिकतामा राख्न पाण्डेलाई आग्रह गरे । मुख्यमन्त्री पाण्डेले साउन ६ देखी लासाको भ्रमणमा जार्दै छन् ।

कोरला नाका सञ्चालनले गण्डकी प्रदेशको पर्यटन र समग्र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने पोखरा पर्यटन परिषद्ले जनाएको छ । शुक्रबार ज्ञापनपत्र बुझाएर परिषद्ले भनेको छ, ‘पोखराबाट चीनको नजिकको नाका कोरला हो, तर अहिलेसम्म पर्यटक आवागमन र व्यापारिक प्रयोजनका लागि पूर्ण सञ्चालनमा आउन सकेको छैन ।

साउन ७ गते नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ । सोही अवसरमा पाण्डेको नेतृत्वमा गण्डकीको प्रतिनिधि मण्डल चीन जान लागेको हो । भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिमेकी र एसियाका अन्य मुलुकसँग सीधा उडानमार्फत जोड्नका लागि पनि प्रस्ताव गर्नुपर्ने माग व्यवसायीको छ ।