
नेपाल आयल निगम पोखरा झेल
पोखरा, १६ असार / पेट्रोलियम पदार्थको मूल्यवृद्धि ह्वातै बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो ।
त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
पेट्रोलको काठमाडौं, पोखरा र दिपायलमा १६५ रुपैया र डिजेलको १४९ रुपैया, सुर्खेत र दाङमा पेट्रोलको १६४ र डिजेलको १४८ रुपैया पुगेको छ ।
त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको १६२ रुपैया ५० पैसा र डिजेलको १४६ रुपैया ५० पैसा पर्ने छ । त्यसै गरी हवाई इन्धनको पनि मुल्य बढेको छ ।





