
शान्ति नमुना माविका १८ जना विद्यार्थीलाई ४ जीपीए
बुटवल, १४ असार/ रुपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक स्कुल शान्ति नमुना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।
सामुदायिक विद्यालयमा नमुना विद्यालयको रूपमा परिचित शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।
त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
शान्ति नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शरद भट्टराईले सामुदायिक विद्यालय तर्फ शान्ति नमुनाको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको बताए । उनले विद्यालयले साधन स्रोत र अभिभावकको पनि साथ कारणले आज राम्रो नजिता ल्याउन सफल भएको बताए ।
शान्ति नमुनामा ५ हजार विद्यार्थी अध्ययनरत छन् । रुपन्देही रहेको न्यु होराइजन स्कुल, बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, कालिका मानव ज्ञान माविबाट ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
यस्तै सैनामैना नमुना माविका ४ जना, नयाँगाउँ मावि बुटवलका ४ जना, न्यू लुम्बिनी बोर्डिङ स्कुल, देवदहका ४ जनाले पनि जीपीए फोर ल्याएका छन् ।
यस्तै दिप बोर्डिङ स्कुल बुटवलका २ जना, प्रभात बोर्डिङ स्कुल सैनामैनाका २ जना, नवरत्न माध्यमिक विद्यालय बुटवलका २ जना, तिनाउ बोर्डिङ स्कुल बुटवका २ जना, गार्गी बोर्डिङ स्कुल बुटवलका २ जना र बुद्ध पब्लिक देवदहका २ जनाले पनि जीपीए फोर ल्याएका छन् ।
यस्तै रामापुर मावि सैनामैना, कान्ति मावि बुटवल, जनकल्याण मावि सैनामैना, ड्रिम भिजन बोर्डिङ स्कुल फर्साटिकर, सुनगाभा पब्लिक बोर्डिङ सैनामैना, सैनामैना मेमोरियल सैनामैना,सिद्धेश्वर लालकुमारी मावि बुटवल,नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवल,न्यु इन्भारमेन्ट बोर्डिङ तिलोत्तमा, होराइजन गौतमबुद्ध बोर्डिङ तिलोत्तमा ,ग्लोरी बोर्डिङ बुटवल र एभरेष्ट बोर्डिङ स्कुल बुटवलका एक–एक जना विद्यार्थीले जीपीए फोर ल्याएका ती विद्यालयहरुले जानकारी दिएका छन् ।
रुपन्देहीमा ८२ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । रुपन्देही जिल्लामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२ हजार ९७५ विद्यार्थीहरू सहभागी भएका थिए ।





