मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई पुरस्कार

-


     क्लिक गण्डकी     
     असार ८ गते २०८२ मा प्रकाशित


मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई पुरस्कार

मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई पुरस्कार

मुस्ताङ, ८ असार/ मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली पुरस्कृत भएका छन् । लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आईतबार नगद पुरस्कात गरेको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहाँसिक,धार्मिक, सांस्कृतिक,पर्यटकीय,कृषि लगायतका संभाव्य क्षेत्रहरुको उजागर गर्दै नागरिकहरुमा सूचना संम्प्रेषण तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाएको भन्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिक कार्यालयको २२ औं गाउँसभा अधिवेशनमा नगद दस हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।

मुस्ताङ जिल्लाको समग्र आर्थिक विकास, सुशासन, समृद्धि र जिल्लाको धार्मिक, सांस्कृतिक, सामाजिक, जैविक विविधता लगायतमा खोज पत्रकारिता र समसामयिक घटनाहरुको सूचना संम्प्रेषण गर्दै विगत बाह्र वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आईरहेका मुस्ताङका पत्रकार थकालीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

गाउँसभामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाईलीले गाउँसभा अधिवेशनका क्रममा संयुक्त रुपमा नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको हो । यसअघि पत्रकार थकालीलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो ।

यसअघि मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीले मुस्ताङ जिल्लाको समृद्धि र विकासका लागि कलम चलाए वापत आधा दर्जन पुरस्कारबाट पुरस्कारसहित सम्मानित भईसकेका छन् ।

पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकबाट सुरुआती पत्रकारिता सुरु गरेका पत्रकार थकाली हाल समाधान राष्ट्रिय दैनिक,अन्नपूर्ण पोस्ट र राष्ट्रिय समाचार समितिमा कार्यरत हुनुहुन्छ । यसअघि पत्रकार थकालीले राजधानी दैनिक,ईमेज टेलिभिजन लगायतमा जिल्ला सम्वाददाताको रुपमा काम गरिसक्नु भएको छ ।



Tags: