प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

-


     क्लिक गण्डकी     
     जेठ २९ गते २०८२ मा प्रकाशित


प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

पोखरा, २८ जेठ/ पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको सकुशल उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको हो ।
अवतरणका क्रममा अनियन्त्रित भई फेवातालका बीचमा खसेका अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह र प्याराग्लाइडिङमा सवार भारतको बनारसका अकलेस यादवलाई सकुशल उद्धार गरिएको हो ।

यस्तै, हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी र भारतको बनारसका चन्दनकुमार पटेललाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नं २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।