
पोखरामा पर्यटक बसमा ढुङ्गा हानेर फरार तीन जना पक्राउ
पोखरा, २० जेठ/ प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेमा पर्यटक बसलाई ढुङ्गा हानेर फरार रहेका ३ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका १ घर भई हाल पोखरा १७ घारिपाटन बस्ने वर्ष ४८ को तिलक बहादुर थापा मगर (बस चालक), बारा जिल्ला कोल्वी नगरपालिका १ घर भई हाल पोखरा २६ बिजयपुर बस्ने वर्ष ३० को मान प्रसाद खरेल (सहचालक) र गोर्खा जिल्ला पालुङ्टार नगरपालिका २ घर भई पोखरा १४ बस्ने वर्ष २८ को राजेश मरट्टा (ग्यारेजमा काम गर्ने) छन् ।
आइतबार राती साढे ११ बजेको समयमा चाउथेबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प ९१६ नम्बरको पर्यटक बसको सिसामा उनीहरुले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बसमा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी बालकुमारी ललितपुरबाट भम्रणका लागि आएका विद्यार्थीहरु सवार थिए । ढुङ्गा प्रहारबाट ५ जना विद्यार्थी सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जना विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।







