पोखराका विभिन्न ठाउँमा चोरी गर्ने २ जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ १८ गते २०८२ मा प्रकाशित


पोखराका विभिन्न ठाउँमा चोरी गर्ने २ जना पक्राउ

पोखराका विभिन्न ठाउँमा चोरी गर्ने २ जना पक्राउ

पोखरा, १७ जेठ/ पोखराका विभिन्न ठाउँमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर स्थायी घर भई नवलपरासी कावासेती नगरपालिका ११ बस्ने वर्ष ३४ को तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका १३ स्थायी घर भई पोखरा महानगरपालिका ५ पस्र्याङ बस्ने वर्ष ३२ को टिकाराम विक रहेका छन् ।

जेठ १३ गते रातको समयमा पोखरा महानगरपालिका १३ माटेपानीमा चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट सुन जस्तो देखिने पँहेलो धातुको डल्ला– ५ तोला ४ लाल, चाँदी जस्तो देखिने धातुका गरगहना– ७ तोला ६४ लाल, विभिन्न किसिमका चाँदिका सिक्का (६ थान) (२१ तोला, ३० लाल), अन्य विभिन्न किसिमका गरगहना (ब्रासलेट, सिक्री, लकेट) गरगहना बनाउन तयारी अवस्थामा रहेका कच्चा पदार्थ समेत गरी ७४ तोला ४६ लाल र सुन तथा चाँदीका गरगहना गाल्न र बनाउन प्रयोग गर्ने औजारहरु बरामद गरेको छ ।

चोरीमा प्रयोग भएको ग २० प ३४६३ नम्बरको स्कुटर १ थान, चावी १ थान र दर्ता किताब १ थानसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले अन्य स्थानमा समेत चोरी गरेको खुलाएको र हालसम्म अन्दाजी ३ लाख ४४ हजार ५ सय बराबरका गरगहनाचोरी भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।