पोखरामा स्कुटरको ठक्करले विष्णुको ज्यान गयो, ठक्कर दिएर भाग्ने स्कुटर चालक पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ १८ गते २०८२ मा प्रकाशित


पोखरामा विष्णुलाई ठक्कर दिई ज्यान दिएर भाग्ने स्कुटर चालक पक्राउ

पोखरामा विष्णुलाई ठक्कर दिई ज्यान दिएर भाग्ने स्कुटर चालक पक्राउ

पोखरा, १७ जेठ/ जेठ १२ गते रातको समयमा १०ः५० बजे एक स्कुटरले पोखराको सभागृहचोक–सिर्जनाचोक सडकखण्डमा ठक्कर दिने स्कुटर चालकलाइ प्रहरीले पक्राउ गरेको छ ।

ठक्करबाट कास्कीको मादी गाउँपालिका वडा नं. ५ सिक्लेस घर भएका यौनिक अल्पसंख्यक व्यक्ति ईच्छा क्षेत्री भनेर चिनाउने विष्णु बहादुर बुढाथोकी घाइते भएका थिए ।

तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई अस्पताल पठायो । तर, दुई दिनपछि जेठ १४ गते बुधबार उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

‘हिट एण्ड रन’ केसमा संलग्न स्कूटर चालक काठमाण्डौ २६ बस्ने वर्ष ३३ को समिर राज महर्जन पक्राउ परे । उनलाई पोखरा ११ फूलबारीबाट प्र.३–०२–००७ प २०२९ नं. को स्कुटर सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

कास्की जिल्ला अदालतबाट सवारी ज्यान सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।