पोखरामा पौडी खेल्दा बेपत्ता दुई बालकको शव फेला

-


     क्लिक गण्डकी     
     जेठ १६ गते २०८२ मा प्रकाशित


शव

पोखरा, १५ जेठ/ पोखरा २५ हेम्जास्थित मार्दी खोला ड्याममा पौडी खेल्दा हराएका दुई बालकको शव फेला परेको छ ।

माछापुच्छ्रे गाउँपालिका घर भएका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको शव फेला परेको हो ।

बिहीबार दिउँसो बेपत्ता भएका उनीहरूको शव सशस्त्र प्रहरी बललको गोताखोरले निकालेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

नम्बर–२४ कालिका गण मालेपाटनबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवाल नेतृत्वको टोलीले शव निलेको हो ।