
नेपाल आयल निगम
पोखरा, १ जेठ/ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
नयाँ मूल्यअनुसार पोखरा काठमाडौं र दिपायलमा पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२ रुपैयाँ पर्नेछ । त्यसै गरी सुर्खेत र दाङमा पेट्रोल १ सय ५६ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४१ रुपैयाँ पर्नेछ ।
त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल १ सय ५० रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल १ सय ३९ रुपैयाँ ५० पैसा पर्नेछ । नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।





