मोटरसाइकल दुर्घटना हुदाँ दाजुभाइको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख २८ गते २०८२ मा प्रकाशित


दुर्घटना

दुर्घटना

नवलपुर, २८ बैशाख/ नवलपुरको कावासोती नगरपालिका–१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ ।

मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंबरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका– ११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।



Tags: