
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, ८ चैत/ पोखरा अन्तराष्ट्रिय बिमनस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतमा हरिबहादुर भुजेल नियुक्त भएका छन् ।
भुजेलले अध्यागमन कार्यालय पोखरा अन्तराष्ट्रिय बिमनस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएर त्यहाँ कार्यरत डोरेन्द्र निरौलालाई मन्त्रालय तानेको छ ।
भुजेल यस अगाडी विभिन्न पालिकाका प्रमुख भएर काम गरेका थिए । मन्त्रालयका उपसचिव सुवास पौडेललाई कारागार कार्यालय भिमफेदरी मकवानपुरमा कारागार प्रशासकको जिम्मेवारी दिइएको छ ।
त्यसै गरी गृह मन्त्रालयले ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
मन्त्रालयमा कार्यरत उपसचिव हरिप्रसाद गैरेलाई गुल्मी, पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, शिवहरी पोखरेललाई सर्लाही, तेजप्रकाश प्रसाईलाई झापा र गोमादेवी ढकाललाई ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।