
एन्फा गण्डकीका बरिष्ठ उपाध्यक्ष मिलनलाई पितृशोक
पोखरा, ८ चैत/ नेपाली काँग्रेसका पोखरा महानगरपालिका २० का सभापति एबम सामाजिक व्यक्तित्व सुबेदार तिलबहादुर गुरुंगको ७२ बर्षको उमेरमा निधन भएको छ।
करिब एक बर्ष देखि मृगौला र निमोनिया सम्बन्धि रोगका कारण बिभिन्न अस्पतालमा उपचार गराउंदै आएका गुरुंगको उपचारको क्रममा पोखराको मणिपाल अस्पतालमा बिहीबार राति निधन भएको हो।
राजनीतिक रुपमा लामो समय देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय गुरुङले उक्त वडाको सभापतिमा दोश्रो कार्यकालको लागि निर्बाचित भएर काम गरिरहेका थिए । सामाजिक रुपमा समेत क्रियाशील गुरुङले विभिन्न संघ संस्थाको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका छन्।
गुरुङ पोखरा ११ स्थित विश्वशान्ति बौद्ध गुम्बाको बहालवाला अध्यक्ष र आट्टीघर पेंगीलामा समाजको उपाध्यक्ष हुन् भने फुलबारी तमु समाजको पूर्व अध्यक्ष समेत हुन। उनको परिवार पछिल्लो समय पोखरा ११ फुलबारीमा बस्दै आएको छ।
स्व गुरुङकी धर्मपत्नी लक्ष्मीदेबी गुरुङ र तिन छोराहरु रहेका छन जेठा छोरा मिलन गुरुङ पोखरामा रहेर खेलकुद क्षेत्रसंगै नेपाली काँग्रेसको राजनीतिमा समेत सक्रिय छन।
मिलन कास्की जिल्ला फुटबल संघको पूर्व अध्यक्ष र गण्डकी प्रदेश फुटबल संघको बरिष्ठ उपाध्यक्ष समेत हुन। माइला छोरा बिकास गुरुङ हाल अष्ट्रेलियामा रहेको र कान्छा किरणप्रकाश भने नेपालमै रहेका छन ।