चीनमा नेपाल र पोखरा चिनाउँदै पोखरेली, पोखरा छेङ्दु नियमित उडानमा जोड

-


     क्लिक गण्डकी     
     चैत्र ५ गते २०८१ मा प्रकाशित


चीनमा नेपाल र पोखरा चिनाउँदै पोखरेली, पोखरा छेङ्दु नियमित उडानमा जोड

चीनमा नेपाल र पोखरा चिनाउँदै पोखरेली, पोखरा छेङ्दु नियमित उडानमा जोड

सागर राज तिमिल्सिना
छेङ्दु चीन, ७ चैत/ पोखरा महानगरपालिकाको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीहरु नेपाल र पोखराको प्रवद्र्धन गर्न चीन भ्रमणमा छन् । टोलीले छेङदुका टूर अपरेटरसँग छलफल गरेका छन् । उनीहरुले नेपालमा चीनया पर्यटक कसरी बढी ल्याउन सकिन्छ भनेर व्यवसायी सगँ छलफल गरे ।

पोखरा महानगरपालिकाको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीहरु नेपाल र पोखराको प्रवद्र्धन गर्न चीन छेङ्दुमा छन् । टोलीले छेङदुका टूर अपरेटरसँग छलफल गरेका छन् । पहिलो पटक पोखराबाट छेङ्दु सीधा उडान भएको छ । व्यवसायिक चार्टर उडान मार्फत पोखरा छेङ्दु जोडिएको हो । छेङ्दुको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा छेङ्दु उडानले दुई सहरबीचको सम्बन्ध प्रगाढ हुने र पर्यटन प्रवद्र्धनमा कोशेढुंगा बन्ने दावी गरे । नेपाल र चीनको ७० औं वर्ष मनाइरहँदा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको छ ।

सिचुआन एयरलाइन्सले लगातार १० हप्तासम्म पोखरा छेङ्दु उडान भर्नेछ । १ हजार २ सय ५० पर्यटक पोखरा जाने गरी कम्पनीले टिकट विक्रि गरिसकेको छ । अहिले चार्टर उडान भएपनि यसलाई नियमित उडान बनाउन सके दुबै देश घुम्ने पर्यटकलाई सहज हुने मेयर आचार्यले सुनाए । ‘उडानले नेपाली पर्यटकलाई सिचुआन आउन र यहाँका पर्यटक सोझै पोखरा आउनुहुनेछ । तसर्थ यसलाई नियमित उडान बनाउन पहल गर्नुपर्नेछ,’ अघि भने, ‘हामी तपाईंलाई पोखरामा स्वागत गर्न आतुर छौं ।

उडानले नेपाली पर्यटकलाई सिचुआन आउन र यहाँका पर्यटक सोझै पोखरा आउनुहुनेछ । तसर्थ यसलाई नियमित उडान बनाउन पहल गर्नुपर्नेछ । पोखराको सुन्दरता र संस्कृतिलाई नजिकबाट अनुभव गराउन गर्न चाहाने पर्यटकका लागि यसले सुबिधा भएको छ उनले बताए । सिचुआन प्रान्तको परराष्ट्र मामिला उपनिर्देशक लिउ मिनले चिनियाँ पर्यटकलाई नेपाल र पोखरा भ्रमणका लागि प्रोत्साहन गर्ने बताइन् । उनले पोखराबाट हिउँदले ढाएिका पहाडहरु हेर्न, शान्त ताल र समृद्ध सांस्कृतिक रीतिरिवाजहरु साँच्चै मनमोहक रहकेको सिचुआन प्रान्तको परराष्ट्र मामिला उपनिर्देशक लिउ मिनले बनाइन् ।
पोखरा महानगरपालिकाले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । जसका लागि पर्यटकीय प्याकेजहरु निरन्तर घोषणा गरिरहेको छ ।

पोखरादेखि छेङदु उडानले पर्यटनमा नयाँ आसा पलाएको दुवै देशका पर्यटन व्यवसायीहरु बताउँछन् । उनीहरुले सीधा उडानले पोखरा र छेङदुको भुगोलसँगै भावना पनि जोडिएको बताउँछन् । पोखराको प्रकृति, संस्कृति र ऐतिहासिक पक्षहरुसँग सीधा सम्पर्क गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

मंगलबार भएको पहिलो उडानबाट चीनका १ सय २७ पर्यटक पोखरा ओर्लिएका छन् भने पोखराबाट पर्यटन व्यवसायी सम्मिलित १ सय २६ जनाको टोली छेङ्दु ओर्लिए । उक्त टोलीको नेतृत्व पोखरा महानगरका मेयर आचार्यले गरेका थिए ।
नेपाल र चीनका पर्यटकहरुलाई आपसमा भाषिक समस्या बढी भएकोले सहकार्यका लागि सरकारले पहल गर्नुपर्ने माग राखेका छन् । दुबै देशका व्यवसायीहरुलाई जोड्न नेपाल पर्यटन बोर्डले बुधबार नै नेपाल सेल्स मिसन आयोजना गरेको थियो ।

नेपाल सेल्स मिसनले नेपाल र पोखरामा पर्यटक बढाउन फलदायी हुने पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले बताए । कार्यक्रममा व्यवसायीले आपसी संवाद र आफ्ना उत्पादन चिनाएका छन् । कार्यक्रममा पोखरा पर्यटन परिषद्का महासचिब जीवन सापकोटाले चीनीया पर्यटकलाई पोखरा लैजानक कार्यक्रमको आयोजना गरेको बताए ।