पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य घट्यो (पोखरामा कति)

-


     क्लिक गण्डकी     
     चैत्र १ गते २०८१ मा प्रकाशित


नेपाल आयल निगम

नेपाल आयल निगम

पोखरा, २ चैत/ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैया , डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट घटेर आएपछि निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा भएको छ ।

त्यसै गरी सुर्खेत र दाङ्गमा पेट्रोल प्रतिलिटर १६२ र डिजेल तथा मट्टीतेल १५० रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल १४८ रुपैया ५० पैसा पर्ने निगमले जनाएको छ ।



Tags: