
पोखराको जिरो किमि नजिक दुर्घटना
पोखरा, ८ फागुन/ पोखरा महानगरपालिका ५ फिर्केमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामापरि पोखरा ११ फुलबारीकी ५६ बर्षिय माया गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनको टाउकोमा चोट लागेको र उपचारका लागि मेट्रोसिटी हस्पिटल लगिए पछि चिकित्सकले मृत घोषणा गरेका थिए । ग १३ प ३२०६ नं को स्कुटर चालक जिल्ला कास्की पोखरा ११ फुलवारी बस्ने २६ बर्षिय मनोज गुरुङको अवस्था गम्भिर रहेको छ । उनको पनि टाउकोमा चोट लागेको छ ।
सिजनाचोक बाट जिरो किमी तर्फ जाँदै गरेको ग ३ च ८९७७ नम्बरको पिकअपले जिरो किमी बाट सृजनाचोकतर्फ जाँदै गरेको १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सोही स्थानमा पार्किङ गरि राखेको ग ७ प ५२७४ नं को स्कुटर समेत क्षती भएको छ ।
पिकअप चालक जिल्ला स्यङ्जा हरिनास गाउपालिका १ बस्ने २५ बर्षिय निर्मल गुरुङ र ३ वटै सवारी साधन वडा प्रहरी कार्यालय, बैदामको नियन्त्रण रहेको प्रहरीले जानकारी दिएको छ ।





