पोखरा भ्रमण वर्ष २०२५ को कार्यसम्पादन समितिको संयोजकमा गोपी भट्टराई

-


     क्लिक गण्डकी     
     फागुन १ गते २०८१ मा प्रकाशित


गोपी भट्टराई

गोपी भट्टराई

पोखरा, १ फागुन/ पोखरा महानगरपालिकाद्वारा घोषित पोखरा भ्रमण वर्ष २०२५ को सफल कार्यान्वयनका लागि गठित कार्यसम्पादन समितिका संयोजक पर्यटन व्यवसायी गोपी भट्टराई र सहसंयोजक दामोदर भक्त थापा चयन भएका छन् ।

समितिका सम्पूर्ण १९ जना सदस्यहरू रहेका छन् । यो समितिले पोखराको पर्यटन प्रवर्द्धनलाई अझ गतिशील बनाउँदै ‘पर्यटनको राजधानी’ को रूपमा पोखराको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास महानगरको छ ।



Tags: