नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुखको जिम्मेवारीमा मणिराज लामिछाने

-


     क्लिक गण्डकी     
     फागुन १ गते २०८१ मा प्रकाशित


मणिराज लामिछाने

मणिराज लामिछाने

पोखरा, १ फागुन/ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी दोस्रो पटक मणिराज लामिछानेले प्राप्त गरेका छन् ।

यसअघि उनी २०७५ सालमा प्रादेशिक संरचनामा जाँदाखेरी संस्थापक निर्देशकका रूपमा गण्डकी प्रदेश कार्यालयको प्रमुख भएर उनले काम गरेका थिए ।

पर्यटन क्षेत्रमा २६ वर्षदेखि संलग्न लामिछाने १६ वर्षअघि नेपाल पर्यटन बोर्डमा प्रवन्धकमा सेवा प्रवेश गरेका थिए ।

पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा पोखरालाई साँच्चिकै पर्यटनको राजधानी बनाउन तथा पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा योगदान दिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि नयाँ योजनासहित नयाँ आयाम थप्नेगरी काम गर्ने उनले बताए ।



Tags: