
दुर्घटना
पोखरा, ३० माघ/ काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।
शंकरापुर नगरपालिका–५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना भएको हो ।
चाबहिलमा रहेको एसएस एकेडेमीको स्कूल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । प्रहरीका अनुसार ४० जना घाइते भएका छन् ।