पोखरा- ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

-


     क्लिक गण्डकी     
     माघ ३० गते २०८१ मा प्रकाशित


पोखरा- ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

पोखरा- ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

पोखरा, ३० माघ/ हिमालय एयलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बुधबार पोखरा ल्हासा उडान गर्ने घोषणा गरेको हो ।

यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको जनाएको छ । कम्पनीले आगामी मार्च देखि सिधा उडान गर्ने जानकारी दिएको छ ।

यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो नियमित उडान हुनेछ । यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । तर पनि अन्तराष्ट्रिय तर्फ नियमीत उडान हुन सकेको छैन ।



Tags: