कास्कीको सिक्लेसमा ७ अर्ब सिक्लेस अन्नपूर्ण केबुलकार बन्ने, राष्ट्रिय प्राथमिकता आयोजनामा समावेश

-


     क्लिक गण्डकी     
     माघ २९ गते २०८१ मा प्रकाशित


सिक्लेस अन्नपूर्ण केबुलकार

केबुलकार

पोखरा, २९ माघ/ कास्की मादी गाउँ पालिकामा सिक्लेस अन्नपूर्ण केबुुलकार प्रालिले सिक्लेसमा केबुलकार बताउ भएको छ ।

केबुलकारको तल्लो स्टेसन कास्की मादी गाउँपालिका–१ र माथिल्लो स्टेसन सोही गाउँपालिका–२ को कोरी डाँडामा रहने प्रतिवेदनमा उल्लेख छ । करिब ७ अर्ब लागतमा केबुलकार बनाउने योजना छ ।

वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अनुसार यो आयोजनामा झन्डै ३ हजार ८ सय १ वटा रुख र बोट काट्नुपर्छ । केबलकार ६.४१ किलोमिटर लामो रहने गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँमा पर्यटकीय विकास हुने दाबी गरेको छ ।

यो केबलकार सञ्चालन अवधि ३० वर्ष तोकिएको छ । केबुलकारमा ६० वटा बक्स रहने छन् भने एउटा बक्समा ८ जना बन्न मिल्ने प्रस्ताम गरिएको छ ।

तल्लो स्टेसनबाट माथील्लो स्टेसन पुग्न २५ मिनेट समय लाग्ने छ । केबलकारका लागि ३० वटा टावर राखीने छ । निमार्णका लागि साढे तीन वर्ष लाग्ने अनुमान छ ।

सरकारले निजी क्षेत्रको लगानीमा बन्ने सिक्लेस अन्नपूर्ण केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरेको छ ।

राष्ट्रिय योजना आयोगको २४ माघमा बसेको बैठकले आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने निर्णय गरेको हो ।

केही दिन अगाडी सुचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकाल, सांसद मनबहादुर गुरुङले हेलिकप्टबाट त्यस क्षेत्रको अध्ययन गरेका थिए ।



Tags: