
दीपक खड्का
पोखरा, २४ माघ/ ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको निरीक्षण गर्दै उनले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए ।
रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले प्रतिबद्धता बनाए ।
तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले ५ सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ ।
१ सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल बाँधेपछि १ सय ८३ हेक्टरको हुनेछ । तालको वरपर पैदलमार्ग निर्माण गर्न १ हजार १ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ९ सय रोपनी अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।





