गण्डकी स्थापना दिवसको अवसरमा माघ २२ गते विदा दिने सरकारको निर्णय

-

     क्लिक गण्डकी     
     माघ २१ गते २०८१ मा प्रकाशित

गण्डकी स्थापना दिवसको अवसरमा माघ २२ गते विदा दिने सरकारको निर्णय

गण्डकी स्थापना दिवसको अवसरमा माघ २२ गते विदा दिने सरकारको निर्णय

पोखरा, २१ माघ/ गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले विदा दिने निर्णय गरेको हो ।

२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।