
भरतराज भण्डारी
पोखरा, १४ पुस /मोटरसाइकल दुर्घटना हुदाँ पोखरा २३ ठुलाखेतका भरतराज भण्डारी घाइते भएका छन् ।
पोखरा महानगरपालिका –२३ घाटीछिनाबाट वडा नम्बर २४ मा पर्ने पामे बजार नजिक आफ्नो रेस्टुरेन्टमा फर्किने क्रममा उनि ठुलाखेत भन्दा केहि तल लौरुक खोला नजिकै दुर्घटनामा परेका थिए । भण्डारी पोखरा –२३ का वडा सदस्य हुन् ।
घाइते भण्डारीको अनुहारमा गम्भीर चोट लागेको छ । पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालको आइसियु कक्षमा उनको उपचार भैरहेको छ । उनी नेपाली काँग्रेस पोखरा महानगरपालिका २३ वडा सभापति हुन् ।





