
पोखरामा सडक महोत्सव सुरु
पोखरा, १३ पुस/ सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित पोखरमा शनिबार देखि २६ औ पोखरा सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत २६ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ ।
लेकसाइडको खहरेचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको सन्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब साढे ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ । विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका छन् । स्वदेशी तथा विदेशी पर्यटकले एउटै थलमा विभिन्न सांस्कृतीक कार्यक्रमबाट मनोरञ्जन लिन सक्ने बताए ।
खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सास्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् । महोत्सवलाई लक्षित गरि लेकसाईड क्षेत्रलाई दुलही झै सिगारिएको छ । पुस १७ गते सम्म संचालन हुने महोत्सव रङगीचङगी भएको छ । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरुमा रङगरोगन गरिएको छ भने रङगीचङगी धोजा पताकाले टागेर सिगारिएको छ ।
पाँचदिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला साँस्कृतिक कार्यक्रमकाहरु प्रस्तुत हुने छन् । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् ।











