मदरल्याण्डकी सदीक्षा क्षत्रीलाई नास्टको उत्कृष्ट विद्यार्थी पुरस्कार

-


     क्लिक गण्डकी     
     पौष ४ गते २०८१ मा प्रकाशित


मदरल्याण्डकी सदीक्षा क्षत्रीलाई नास्टको उत्कृष्ट विद्यार्थी पुरस्कार

मदरल्याण्डकी सदीक्षा क्षत्रीलाई नास्टको उत्कृष्ट विद्यार्थी पुरस्कार

पोखरा, ४ पुस /नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले पोखरा मदरल्याण्ड माविकी सदीक्षा क्षत्रीलाई उत्कृष्ट विद्यार्थी पुरस्कारबाट सम्मान गरेको छ । काठमाडौंमा आयोजित नास्टाको वार्षिकोत्सव विशेष तथा पुरस्कार वितरण समारोहमा उनलाई नगद २५ हजारसहित सम्मानपत्रले शिक्षामन्त्री विद्या भट्टराईले सम्मान गरिन् ।

सदीक्षाले पोखरा ७, मासबासस्थित मदरल्याण्ड माध्यमिक विद्यालयबाट हालैमात्र विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेकी हुन् । सर्वोत्कृष्ट ३ दशमबल ९६ जिपिए ल्याएकी उनी नेपाल टपर समेत हुन् ।

प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसहित सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लगायतले उनलाई सम्मानपत्र प्रदान गरे ।

अघिल्लो वर्ष पनि मदरल्याण्डकै सम्राट ढुंगानाले उक्त पुरस्कार प्राप्त गर्न सफल भएका थिए । विज्ञान संकायमा गण्डकी प्रदेश टपर ढुंगाना हाल उच्च शिक्षाका लागि अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले मदरल्याण्डका विद्यार्थीले राष्ट्रिय, प्रदेश तथा जिल्ला तहमा उत्कृष्ट नतिजा दिँदै आएको बताए ।

उनका अनुसार २०८० मा पनि मदरल्याण्डका ३ जना विद्यार्थी राष्ट्रिय परीक्षा बोर्डको नतिजामा नेपालमै टप भएका थिए । व्यवस्थापन संकायका राजेश पौडेल तथा विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापाले ३.९६ जिपिए ल्याएपछि विद्यालयले जनही २ लाखसहित पुरस्कृतसमेत गरेको थियो ।



Tags: