पोखराको एनटिएचएमसि र काठमाडौँ विश्वविद्यालय बीच सहकार्यको समझदारी

-


     क्लिक गण्डकी     
     पौष २ गते २०८१ मा प्रकाशित


पोखराको एनटिएचएमसि र काठमाडौँ विश्वविद्यालय बीच सहकार्यको समझदारी

पोखराको एनटिएचएमसि र काठमाडौँ विश्वविद्यालय बीच सहकार्यको समझदारी

पोखरा, २ पुस/ पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसि) र काठमाडौ विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संस्थागत विकास, शैक्षिक, अनुसन्धान र व्यवसायिक गतिविधिहरुमा सहकार्य गर्नका लागि एनटिएचएमसी र काठमाडौँ विश्वविद्यालयका बीच समझदारी भएको हो ।

साझेदारी कार्यक्रममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको तर्फबाट कलेजका अध्यक्ष अशोक पालिखे र काठमाडौं विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट को तर्फबाट डिन प्रो. डा. बिजय केसी ले हस्ताक्षर गरे ।

सहकार्यको मुख्य उद्देश्य एक अर्को संस्थाको संस्थागत शक्ति, अनुभव र स्रोतहरुको प्रयोग गरी व्यवसायिक व्यवस्थापन स्रोत र अभ्यासहरुको विकास र उपयोगमा योगदान पुर्याउन रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्राचार्य प्रकाश रेग्मीले जानकारी दिए ।

उनले सहकार्यको मुख्य दायराहरुमा दुवै संस्थाविच एक अर्काको शैक्षिक र व्यवसायिक कार्यक्रमहरुमा शिक्षण, तालिम, अनुसन्धान, परामर्श र अन्य व्यवसायिक रहेको बताए ।

यसैगरी कार्यक्रमहरु, अन्वेषण र कार्यान्वयन गर्न सक्रिय रुपमा सहकार्य गर्ने, संयुक्त अनुसन्धान र परामर्श कार्यक्रम गर्ने, संयुक्त व्यवस्थापन, विकास र कार्यकारी शिक्षा कार्यक्रम र दुवै संस्थाहरुले ज्ञानको विकास र प्रसार गर्न संयुक्त शैक्षिक, नीति र व्यवसायिक सम्मेलन, सेमिनार, वैठक र वकालतका अन्वेषण र कार्यान्वयन गर्न सक्रिय रुपमा सहकार्य गर्ने रहेका छन् ।